सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसीसी यू–१९ इस्टर्न रिजन च्याम्पियनसिपको खेल तालिका परिवर्तन

। फोटो स्रोत ।
२०७६ असार १४, ०४:४९

एसीसी यू–१९ इस्टर्न रिजन च्याम्पियनसिपको खेल तालिका परिवर्तन भएको छ। म्यानमारले अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएपछि पुरै खेल तालिका परिवर्तन भएको हो। म्यानमारले आन्तरिक कारण देखाउदै अन्तिमसम्म एसीसीमा खेलाडीको नाम नबुझाएपछि प्रतियोगितामा सहभागिता जनाउने टिम पनि सात वटामात्र हुने भएका हुन्।

यसले नेपालको तालिकामा पनि परिवर्तन ल्याएको छ। यसअघि नेपालले जुलाई दुई तारिखमा म्यानमारसँग खेल्ने तालिका भए पनि अब तीन तारिखमा चीनविरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ।यसअघिको खेल तालिका अनुसार नेपालको दोस्रो खेल ५ तारिखमा चीन र ६ तारिखमा सिंगापुरसँग रहेको थियो। अब उसले पहिलो खेल तीन तारिखमा खेलेपछि दोस्रो खेल ५ तारिखमा सिंगापुरसँग खेल्नेछ।

यसको अर्थ नेपालले एक खेलमात्र जिते पनि सेमिफाइनलमा पुग्नेछ। यसका साथै उसले पहिलो खेलपछि एक दिन आराम पाउने छ भने सिंंगापुरविरुद्धको खेलपछि दुई दिन आराम पाउने भएको छ।
 

कमेन्ट लोड गर्नुस