सुदूर नेपाललाई विश्वसँग जोड्दै

नदी मात्रै सफाई गरेर हुँदैन, राजनीति सफाई पनि जरुरी छ : सभामुख महरा

। फोटो स्रोत ।
२०७६ असार १४, ०१:१६

सभामुख कृष्णबहादुर महराले देश हडप्न खोज्ने माफियाहरु सक्रिय भएको बताएका छन्। हनुमन्ते नदी सफाइ अभियानको ७० औँ हप्ता पुगेको  अवसरमा आयोजित राष्ट्रिय वृक्षारोपण तथा सरसफाइ कार्यक्रममा उनले व्यक्तिका नाममा गएका र सार्वजनिक जग्गा, वन, पोखरीजस्ता प्राकृतिक सम्पत्तिलाई सरकारले समुदायको नाममा फर्काउने अभियान सञ्चालन गरेको चर्चा गर्दै प्राकृतिक सम्पदा एवं सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा लैजाने प्रवृत्ति अब अन्त्य हुनुपर्नेमा जोड दिए।

सूर्यविनायक नगरपालिका ४ दधिकोटको दक्षिण वाराही उद्यान सामुदायिक वनमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘सडक र नदी मात्रै सफाइ गरेर हुँदैन, देशको राजनीतिमा पनि प्रदूषण छ, यसैले राजनीतिक सफाइ पनि जरुरी छ।’ देशमा स्पष्ट भिजन भएको नेताको कमी रहेको बेलामा भक्तपुरले सांसद महेश बस्नेतजस्ता स्पष्ट भिजन भएको नेता पाएको चर्चा गर्दै नेपाललाई पर्यटनको विकास गर्न सके यसबाटै देश धनी हुन बताए।

कार्यक्रममा सहभागीहरुले वृक्षारोपण गर्ने मात्र नभई रोपिएका बिरुवालाई हुर्काएर संरक्षण गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा दुई सय एभोकाडोका बिरुवा रोपिएको थियो।  

कमेन्ट लोड गर्नुस