सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा घरको पर्खाल भत्किँदा १५ जनाको मृत्यु

२०७६ असार १४, १०:३८

भारतमा घरको पर्खाल भत्किँदा १५ जनाको मृत्यु भएको छ। ठूलो वर्षाका कारण भारतको महाराष्ट्र प्रदेशको कोढवा पुणेमा घरको पर्खाल भत्किँदा १५ जनाको मृत्यु भएको अधिकारी हरुले जनाएका छन्।

अधिकारीहरुले घरको कम्पाउण्डको पर्खाल भत्किनुमा निर्माण कम्पनीको दोष रहेको बताएका छन्। अधिकारीहरुका अनुसार मृत्यु हुनेहरुमा धेरैजसो बिहार पश्चिम बंगालबाट आएका मजदुर रहेका छन्। निर्माणाधीन हाउजिङसँगै मजदुरहरु बसेको सानो टहरामाथि पर्खाल भत्किएको बताइएको छ। अहिले उद्धार र राहत कार्य जारी रहेको अधिकारीहरुले जनाएका छन्। 
 

कमेन्ट लोड गर्नुस