सुदूर नेपाललाई विश्वसँग जोड्दै

सडक दुर्घटना न्यूनीकरणका लागि सबैको सहयोगको जरुरी छ : महानिरीक्षक खनाल

। फोटो स्रोत ।
२०७६ असार १४, ०७:३३

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक व्यवस्थापनका लागि सबैलाई सहयोग गर्न आह्वान गरेका छन्। शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा उनले ट्राफिक व्यवस्थापन ट्राफिक प्रहरीको लागि नभइ सबै नागरिकका लागि भएकाले त्यसमा सबैको सहयोगको आवश्यकता रहेको पनि स्पष्ट पार्दै उनले सडक दुर्घटना न्यूनीकरणका लागि पनि सबैको सहयोगको जरुरी रहेको बताए।

यस्तै उनले समय निकालेर यात्रामा निस्कन पनि सवारी चालकहरुलाई आग्रह गरे समयमा ननिस्कने अनि गन्तव्यमा ढिला पुगे ट्राफिक जामलाई दोष दिने प्रवृत्तिको पनि अन्त्य हुनुपर्ने भन्दै काठमाण्डौलाई सुन्दर शहरको रुपमा परिचित गराउन पनि ट्राफिक व्यवस्थापनको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। काठमाण्डौको ट्राफिक व्यवस्थापनका लागि सामुदायसँगको साझेदारी कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे।

कमेन्ट लोड गर्नुस