सुदूर नेपाललाई विश्वसँग जोड्दै

निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक वन काट्न तत्काल अनुमति दिन निर्देशन

फाइल फोटो
फाइल फोटो । फोटो स्रोत ।
२०७६ असार १३, ०६:०३

संसदीय समितिले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक वन कटानका लागि तत्काल अनुमति दिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ। शुक्रबार सिंहदरारमा बसेको संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकले निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक वन कटान गर्न अनुमति दिन वन तथा वातवरण मन्त्रालयलाई निर्देशन दिएको हो।

समितिकी सभापति दिलकुमारी रावल थापाले डीपीआर हेरेर विमानस्थलको धावनमार्ग र अन्य पूर्वाधार निर्माणका लागि आवश्यक वन कटान गर्ने अनुमति दिन वन तथा वातावरण मन्त्रालयलाई निर्देश गरिएको जानकारी दिए। यस्तै समितिले विमानस्थलको केन्द्र भागमा रहेको टाङ्गिया बस्तीलाई उचित ठाउँमा व्यवस्थापन गर्न पनि ढिलाई नगर्न सरकारलाई सचेत गराएको छ।

कमेन्ट लोड गर्नुस