सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनको निर्णय कार्यान्वयन गर्न सर्वोच्च अदालतकोे रोक

। फोटो स्रोत ।
२०७६ असार १३, ०१:३४

अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयनमा रोक लगाएको छ। सन् २०२० मा हुने जनगणनाका क्रममा नागरिकतासम्बन्धी प्रश्न थप गर्ने राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनको निर्णय कार्यान्वयन गर्न सर्वोच्च अदालतले रोक लगाएको हो। ट्रम्प प्रशासनले सन् २०२० मा हुने जनगणनाका क्रममा तत्कालीन समयमा नागरिकताको अवस्थाबारे थाहा पाउन प्रश्न थप गर्ने निर्णय गरेको थियो। तर सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसले जनगणनामा नागरिकतासम्बन्धी प्रश्न विचलित उद्देश्यसहित आएको उल्लेख गरेका छन्।

उनले प्रशासनले प्रश्न थप गर्नुपर्ने सही कारण खुलाउन नसकेको भन्दै निर्णय कार्यान्वयन गर्न रोक लगाउने निर्णय भएको बताए। सीमान्तकृत मतदाताको संरक्षणमा सहयोग पुग्ने भएकाले नागरिकतासम्बन्धी प्रश्न थप गर्नुपर्ने ह्वाइट हाउसले दाबी गर्दै आएको थियो। तर, विपक्षीले भने आप्रवासीलाई जनगणनामा सहभागी हुन निरुत्साहित गर्ने भन्दै त्यसको विरोध गरेका थिए।

सर्वोच्च अदालतले प्रश्न थप गर्न रोक लगाएपछि राष्ट्रपति ट्रम्पले जनगणना नै पछि सार्न प्रयास गर्ने बताएका छन्। अमेरिकी तथ्यांक विभागका विशेषज्ञले नागरिकतासम्बन्धी प्रश्न थप गर्दा जनगणनामा सहभागीको संख्या उल्लेख्य रुपमा घट्ने बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस