सुदूर नेपाललाई विश्वसँग जोड्दै

५ जना भारतीयले लिएको नेपाली नागरिकता रद्द

। फोटो स्रोत ।
२०७६ असार १२, ०५:५७

५ जना भारतीय ले लिएको नागरिकता रद्द गरिएको छ। सरकारले ५ जना भारतीय नागरिकले लिएको नेपाली नागरिकता रद्द गरेको हो।

मन्त्रिपरिषदको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले धनुषा, सप्तरी र रौतहट जिल्ला प्रशासन कार्यालयबाट जारी भएका ती नागरिकता रद्द गर्ने र उनीहरुलाई नागरिकता दिलाउन संलग्न व्यक्तिहरुलाई कारबाही गर्ने निर्णय गरेकोे जानकारी दिए।

सप्तरी जिप्रकाबाट जारी भएको जीवनकुमार सिंह, धनुषाबाट नागरिकता लिएका धमेन्द्र ठाकुर र अजयकुमार ठाकुर, रौतहटबाट जारी भएको जमुना राउत भन्ने यमुना सिंह र कृपाली राउत भनी चिनिने कृपाली सिंहको नागरिकता रद्द गरेको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस