सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतले धौलीगंगा बाँध खोल्यो, महाकाली तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०७६ असार १२, ११:५० खबर संवाददाता

भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध गएरातीदेखि खोलेको छ। राती १२ बजेदेखि बाँध खोलेसंगै महाकाली नदीमा जलस्तर बढ्ने भएकोेले तटिय क्षेत्रमा जोखीम हुने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। धौलीगंगा बाँध खोलेपछी दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर बग्ने महाकालीमा पानीको बहाब बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न समेत स्थानीय प्रशासनले आग्रह गरेको छ। 

बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले महाकालीको तटीय क्षेत्रका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध सार्वजनिक सुचना मार्फत आग्रह गरिएको बताए। यस्तै दार्चुला क्षेत्रमा पनि पनि तटिय क्षेत्रका नागरिकलाई सतर्क भएर रहन प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले आग्रह गरेका छन्। दार्चुलाको दत्तुमा रहेको पूर्व सूचना प्रणालीका अनुसार आज बिहान ६ बजे पानीको सतह ३ दशमलव ४ मिटर पुगेको थियो। 
 

कमेन्ट लोड गर्नुस