सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकार फेरबदलको कुरा थाहा छैन् तर कामको समिक्षा गर्ने बेला भईसक्यो : रावल

२०७६ असार १२, ०९:२६ खबर संवाददाता

नेकपाका नेता एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले सरकारका काम कारवाहीको समिक्षा गर्ने बेला आएको बताएका छन्। संघिय सरकारको नेतृत्व फेर बदलको चर्चा चलिरहेका बेला नेकपा स्थायी कमिटी सदस्य समेत रहेका रावलले सरकारको काम कारवाही बारे समिक्षा गर्ने बेला भएको बताएका हुन्।

केही दिनयता सुदूरपश्चिममै रहेका नेता रावलले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सरकार फेर बदल सम्बन्धी सञ्चारकर्मीले राखेका जिज्ञाशामा रावलले पार्टीले सरकार मन्त्रालयगत काम कारवाहीको समिक्षा गर्नुपर्ने बताए। उनले भने,‘हाम्रो पार्टी झण्डै दुई तिहाई बहुमतका साथ प्रतिनिधीसभामा छ, सक्रियताका साथ काम गर्छु भन्नेको संख्या त धेरै ठुलो हुन सक्ला, अहिले काम गरिरहनुभएका पनि सक्रियताका साथ काम गर्छु भन्ने नै होला।’

पार्टीको सम्बन्धीत निकायमा मन्त्रालयगत रुपमा सरकारका समग्र कामहरुको मूल्याङन र समिक्षा गरिएमा तथ्यगत समिक्षा आएमा बल्ल सरकार फेरबदल गर्ने नगर्ने कुरा भन्न सकिने रावलले उल्लेख गरे। त्यो बेला भएन भन्ने जिज्ञाशामा रावलले भने, ‘बेला त भयो अब सरकारले सोचिरहेको होला त्यो विषयमा ।’ तर सरकार फेरबदलका विषयमा आफूलाई कुनै जानकारी नभएको उनले प्रष्ट पारे।    
     
 

कमेन्ट लोड गर्नुस