सुदूर नेपाललाई विश्वसँग जोड्दै

पेट्रोलियम ढुवानी व्यवसायीद्धारा आन्दोलन फिर्ता

। फोटो स्रोत ।
२०७६ असार ११, ०५:५२

पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन्। पेट्रोलियम ढुवानी व्यवसायीलाई तत्काल मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको आश्वासनपछि पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन्।

पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्वप्रसाद अर्यालले भ्याट कार्यान्वयनको समयसीमा बढाउन मन्त्रीले पहल गर्ने प्रतिबद्धता जनाएकाले आन्दोलन फिर्ता लिइएको बताए। उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री मातृका यादव र व्यवसायीबीच बुधबार भएको बार्तामा मन्त्री यादवले पेट्रोलियम ढुवानी व्यवसायीमा भ्याट कार्यान्वयनको समय थप गर्ने प्रतिवद्धता जनाएको बताए।

सरकारले आर्थिक वर्ष ०७६।०७७ को बजेटमार्फत ढुवानी व्यवसाय अनिवार्य भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था गरेको थियो। मूल्य अभिवृद्धि कर ऐन २०५२ अनुसार भ्याटको थ्रेसहोल्डमा परेका व्यवसाय थ्रेसहोल्डमा परेको मितिले ३० दिनभित्र भ्याटमा दर्ता हुनु पर्छ।

सरकारले जेठ १५ गते बजेटबाट गरेको घोषणा अनुसार थ्रेसहोल्डमा परेका सबै व्यवसायी असार १३ गतेसम्म भ्याटमा दर्ता भई सक्नुपर्ने थियो। नेपाल आयल निगमका अनुसार देशभर करिब २ हजार ट्याङ्करले पेट्रोलियम ढुवानी गरिरहेका छन्। जसमध्ये एक सय हाराहारी ट्याङ्कर मात्रै भ्याटमा दर्ता भएका थिए। सरकारले भ्याटमा दर्ता हुन समय नदिएको भन्दै व्यवसायीहरुले ढुवानी आदेश नलिने घोषणा गरेका थिए।
 

कमेन्ट लोड गर्नुस