सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसको ‘जागरण अभियान’मा देशभर खटेका केन्द्रीय प्रतिनिधिसँग छलफल सुरु

। फोटो स्रोत ।
२०७६ असार ११, ०३:५३

नेपाली कांग्रेसले बुधबारदेखि पार्टीको ‘जागरण अभियान’मा देशभर खटेका केन्द्रीय प्रतिनिधिसँग छलफल सुरु गरेको छ। ‘राष्ट्रिय जागरण अभियान’ को पहिलो चरणमा खटिएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग छलफल सुरु गरेको हो। कांग्रेसले पहिलो चरणमा वैशाख २५ देखि जेठ २५ गते एक महिनासम्म ‘हिमाल, पहाड, तराइ(मधेश’ नाम दिएर राष्ट्रिय जागरण अभियान चलाएको थियो। 

अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिका अनुभव र उनीहरुले तयार पारेको प्रतिवेदनमा रहेर छलफल सुरु गरिएको कांग्रेस सभापति शेरबहादुर देउवाले बताए। बिहान ११ बजेदेखि सुरु हुने भनिएको भए पनि बैठक २ घण्टा ढिलो गरी १ बजेबाट मात्रै सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छलफलमा विभिन्न जिल्लाका प्रतिनिधिहरुले आफ्ना धारणा राख्ने क्रम सुरु भएको छ। दुई दिनसम्म चल्ने छलफलमा ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले आफ्ना धारणा राख्नुका साथै तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

छलफलको उद्घाटन गर्दै पार्टी सभापति शेरबहादुर देउवाले पार्टीले सञ्चालन गर्ने दोस्रो र तेस्रो चरणको कार्यक्रमलाई यो छलफलले थप परिष्कृत, प्रभावकारी र परिणाममूखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

यस्तै कांग्रेसले छलफलमा सहभागी हुने जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिलाई आफ्नो धारणा र प्रतिवेदन पेश गर्न १० मिनेटको समय छुट्याएको छ। केन्द्रीय प्रतिनिधिहरुले लिखित प्रतिवेदन पनि बुझाइसकेको र त्यसमा थप आफ्नो धारणा पनि राख्ने भएकाले हरेकलाई १० मिनेटको समय छुट्याएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।

उनले जागरण अभियानमा खटेका हरेक केन्द्रीय प्रतिनिधिहरुलाई १० मिनेट समय दिँदा पनि सबै बोलिसक्न झण्डै १३ घण्टा समय लाग्ने पनि बताए। सबै प्रतिनिधिले आफ्नो धारणा राखिसकेपछि पार्टी पदाधिकारीहरुले पनि त्यसमाथि आफ्नो रायसहितको धारणा राख्नुहुने भएकाले १० मिनेटकै समय छुट्याउँदा पनि छलफल कार्यक्रम झण्डै १५ घण्टा २५ मिनेटसम्म चल्ने उनले बताए।

कांग्रेसले जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रम आगामी भदौ २४ देखि असोज ७ गतेसम्म सुरु गर्दैछ। त्यो अभियानलाई पनि छलफल कार्यक्रमले अझ प्रभावकारी बनाउने उनले बताए। त्यस्तै अभियान अन्तर्गत तेस्रो चरणको कार्यक्रम भने पुस ७ देखि सुरु भई १६ गते मेलमिलाप दिवसका दिन समापन कांग्रेसले जनाएको छ।

कमेन्ट लोड गर्नुस