सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहन्याल टि–२० कप क्रिकेटमा गौरिगंगा १ र ५ विजयी

२०७६ असार ११, १०:४८

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ८ मा जारी तेस्रो मोहन्याल टि–२० क्रिकेट प्रतियोगितामा वडा नम्बर १ र ५ विजयी भएका छन्। लिक्मा मेलाको अवसरमा मोहन्याल युवा क्लवले आयोजना गरेको प्रतियोगितामा वडा नम्बर १ ले वडा नम्बर १० लाई ५ विकेट र वडा नम्बर ५ ले ९ लाई पराजित गरेको हो। 


वडा नम्बर १० ले दिएको एक सय २६ रनको लक्ष्य वडा नम्बर १ ले १० ओभरमा  भेटायो। वडा नम्बर १० का लागि कप्तान दिपक धामी ५७ रन बनाए। वडा नम्बर १ का बिमल राईले ५४ रनको योग्दान दिएका थिए। तर टिमलाई जित दिलाउन सकेनन्। 
प्रतियोगितमा गौरीगंगा नगरपालिकाका १० वडाका टिमहरुको सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम हुन टिमले आठ हजार नगद सहित ट्रफी तथा मेडल, दोस्रोलाई पाँच हजार नगर सहित ट्रफी तथा मेडल पुरस्कार दिइने गौरीगंगा युवा क्लवले जनाएको छ।  क्रिकेट प्रतियोगितामा समावेश हुने टिमले एक हजार एक रुपैया प्रतियोगिता सञ्चालनका लागि बुझाएका थिए। प्रतियोगिता सञ्चालनका लागि ५०-६० हजार खर्च लाग्ने अनुमान गरिएको छ।  
कमेन्ट लोड गर्नुस