सुदूर नेपाललाई विश्वसँग जोड्दै

चट्याङले लागेर ३ जनाको मृत्यु, ३ जना घाइते

। फोटो स्रोत ।
२०७६ असार ११, ०७:२३

रुपन्देहीमा चट्याङले लागेर ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। मृत्यु हुनेमा जिल्लाको कञ्चन गाउँपालिका २ का ६० वर्षीय नन्दराम अर्याल, सैनामैना ७ का ६२ वर्षीय चन्द्रबहादुर विक र गैडहवा ७ का २५ वर्षीय  भगवानदास लोध रहेका छन्।

मंगलबार सांझ घरको खेतमा काम गरीरहेको बेला चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। यस्तै सियारी गाउँपालिका २, की १४ वर्षीया ममता साहनी, वडा नम्बर ७ का ११ वर्षीय  गौतम मल्लाह र १५ वर्षीय  भोला मल्लाहको उपचार भइरहेको छ प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस