सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईएसका लडाकुलाई कानुनी प्रक्रिया पूरा गरी रिहा गर्न माग

। फोटो स्रोत ।
२०७६ असार १०, ०४:५७

संयुक्त राष्ट्र संघले इराक र सिरियामा बन्दीका रुपमा रहेका इस्लामिक संगठन आईएसका हजारौं लडाकुलाई कानुनी प्रक्रिया पूरा गरी रिहा गर्न माग गरेको छ। संयुक्त राष्ट्र संघका मानव अधिकार मामिला प्रमुख मिचेलले बाचेलेटले विश्वका सम्बन्धित राष्ट्रहरुको ध्यानाकर्षण गराउँदै अभियोग नलगाइका लडाकुको रिहाइ गर्न माग गरेका छन्। 

अभियोग लागेकामाथि निष्पक्ष ढंगले छानबिन गरिनुपर्ने भन्दै मिचेलले कसैलाई पनि लामो समयसम्म हिरासतमा राख्न नहुने बताए। इराक र सिरियामा रहेका हजारौंलाई सम्बन्धित मुलुकले आफ्नो जिम्मा लिनुपर्ने उनले बताए।  हजारौं विदेशीसहित ५५ हजार व्यक्ति इराक र सिरियामा हिरासतमा रहेका छन्।

तर सम्बन्धित मुलुकका अधिकारीहरुले भने आफ्ना नागरिकलाई समेत फिर्ता लान चाहेका छैनन्। आईएसमा आबद्ध भएका व्यक्तिलाई जिम्मा लिएर स्वदेश फर्काउँदा खतरा आउन सक्ने डर ती मुलुकहरुले गर्दै आएका छन्। 
 

कमेन्ट लोड गर्नुस