सुदूर नेपाललाई विश्वसँग जोड्दै

फिर्ता भयो गुठी विधेयक

। फोटो स्रोत ।
२०७६ असार १०, ०४:३१

राष्ट्रियसभामा पेस भएको गुठी विधेयक फिर्ता भएको छ। गुठी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत रुपमा मंगलबार फिर्ता भएको हो। विधेयक फिर्ताका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबीनिवारणमन्त्री पद्माकुमारी अर्यालले पेस गर्नुभएको प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको हो। 

योसँगै विधेयक राष्ट्रियसभाबाट औपचारिक रुपमा नै फिर्ता भएको छ। नेपालको संविधानको धारा १ सय १२ र राष्ट्रियसभा संञ्चालन नियमावलिको नियम १ सय १६ बमोजिम मन्त्री अर्यालले गुठी विधेयकलाई फिर्ता गरियोस् भन्ने प्रस्ताव पेश गरेको थियो।

यसअघि गुठी विधेयकको बारेमा चौतर्फी विरोध भएपछि मन्त्री अर्यालले मन्त्रालयमा पत्रकार सम्मेलन गरि विधेयक फिर्ता लिएको थियो। विधेयक फिर्ताको प्रस्ताव पेस गर्दे मन्त्री अर्यालले सरकार जनताप्रति उत्तरदायी हुदै जनताको भावनाको कदर गरेर गुठी विधेयक फिर्ता लिने निष्कर्षमा पुगेको बताइन्।

विधेयकमा राजगुठी, सार्वजनिक गुठी र छुट गुठी मात्रै हेर्ने गरी प्राधिकरण गठन गरिएको र प्राधिकरणले निजी गुठीलाई हेर्ने भन्ने कुनै व्यवस्था नरहेको पनि उनाको दावी छ। सरकारले गुठीलाई व्यवस्थित गर्ने भन्दै गएको जेठ १७ गते राष्ट्यिसभामा विधेयक दर्ता गरेको थियो।

संसदमा दर्ता भएको विधेयकमाथि ६ वटा संशोधन समेत दर्ता भइसकेको थियो। धर्म संस्कृति, परम्परा र सम्पदामाथि नै प्रहार गर्ने गरी विधेयक ल्याइएको भन्दै काठमाण्डौ उपत्यकामा व्यापक विरोध भएपछि सरकार फिर्ता लिन बाध्य बनेको थियो। काठमाण्डौमा विधेयकको विरोधमा व्यापक दबाब कार्यक्रम हुन थालेपछि गएको असार ३ गते मन्त्री अर्यालले विधेयक फिर्ता लिन सरकारले प्रक्रिया अघि बढाएको बताएको थियो।
 

कमेन्ट लोड गर्नुस