सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानव अधिकारको ठाडो उल्लंघन हुने गरि विधेयक आयो : आयोग अध्यक्ष शर्मा

। फोटो स्रोत ।
२०७६ असार १०, ०१:५३

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले देशमा दण्डहीनता झनै बढ्दै गएको बताएका छन्। 

सोमबार ललितपुरस्थित आयोगको कार्यालयमा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले ‘इन्काउन्टर’को नाममा मारिएको भनेबाट मुलुकमा झनै दण्डहिनता बढेर गएको निष्कर्षमा पुगिएको बताउंदै प्रहरीले यो घटनाको अनुसन्धानलाई नै प्रभावित पार्ने गरी इन्काउन्टरमा मारिएको भनेकोमा पनि आपत्ति जनाए।

उनले सरकारले ल्याएको मानव अधिकार आयोग ऐनसम्बन्धी विधेयक र प्रेस स्वतन्त्रता विरोधी विधेयक मानव अधिकारको ठाडो उल्लंघन हुनेगरी आएको बताउंदै मानव अधिकार आयोग ऐन संशोधन गर्न बनेको विधेयक मानव अधिकार आयोगलाई नियन्त्रण गर्ने गरी आएको दाबी गर्दै मान्य नहुने पनि स्पष्ट पारे।
 

कमेन्ट लोड गर्नुस