सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मुल्य बढ्यो, तोलाको ६५ हजार ५ सय रुपैयाँ

। फोटो स्रोत ।
२०७६ असार १०, १२:४४

मंगलबार सुनको भाउ बढेर तोलाको ६५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले गत शुक्रबारदेखि तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा ५ सय रुपैयाँ बढेको बताए।

उनका अनुसार अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति औँस ३० डलरले बढेको छ। सोमबार प्रति औँस १४ सय ४ डलरमा कारोबार भएको सुन मंगलबार १४ सय ३५ डलर पुगेको हो। डलर कमजोर हुँदा लगानीकर्ताको आकर्षण सुनमा परेकाले भाउ महंगो भएको उनले बताए। चाँदी भने गएको शुक्रबारदेखि नै तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ।
 

कमेन्ट लोड गर्नुस