सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप क्रिकेट : इंग्ल्याण्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा

। फोटो स्रोत ।
२०७६ असार १०, १२:००

विश्वकप क्रिकेटमा मंगलबार इंग्ल्याण्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुने भएको छ। जारी एकदिवशीय विश्वकप अन्तर्गत प्रतिष्ठित लर्डस मैदानमा आमने सामने हुनेछन्। विश्वकपको सेमिफाइनलका दावेदार टोलीहरुबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ।

इंग्ल्याण्डले ६ खेलमा ४ जित हासिल गरेको छ। पछिल्लो खेलमा श्रीलंकासँग पराजित हुनु इंग्ल्याण्डको आत्मविश्वासमा ठूलो चोट हो। कमजोर प्रदर्शन गरिरहेको श्रीलंकाले घरेलु टोलीमाथि २० रनको जित आत्मसाथ गरेको थियो। त्यसबाहेक इंग्ल्याण्डले पाकिस्तानसँग पनि पराजय ब्यहोरेको थियो।

विश्वकपको उपाधिका लागि सबैभन्दा प्रमुख दावेदारको रुपमा रहेको इंग्ल्याण्डले आगामी ३ खेलमा कठिन परीक्षाबाट गुज्रिनुपर्नेछ। त्यसको सुरुआत मंगलबारको अष्ट्रेलियाबिरुद्धको खेल हो। जितको यात्रामा पुनरागमन गर्नका लागि उसले अष्ट्रेलियालाई हराउनुपर्नेछ। इंग्ल्याण्डका लागि अर्को समस्या ओपनर ज्यासन रोयको अनुपस्थिति पनि हो। जो ह्याम्स्ट्रिङको चोटका कारण आराममा छन्।

अष्ट्रेलियाका लागि पनि सुरुआती ब्याट्सम्यान र बलरहरुको उत्कृष्ट प्रदर्शन सुखद पक्ष हो। उसले ६ मध्ये ५ खेलमा स्पष्ट जित हासिल गरिसकेको छ। मार्कस स्टोनिस चोटमुक्त हुँदै फर्किएपछि अस्ट्रेलिया अझै बलियो बनेको छ। एकदिवशीय क्रिकेटको हेड टू हेडमा इंग्ल्याण्डभन्दा अष्ट्रेलिया अगाडि छ। इंग्ल्याण्डले अहिलेसम्म ६१ खेल जितेको छ भने अष्ट्रेलिया ८१ पल्ट विजयी भएको छ। पाँच पल्टको विश्वविजेता अष्ट्रेलियालाई पहिलो विश्वकप जित्ने अभियानमा रहेको इंग्ल्याण्डले यसपल्ट कडा चुनौति दिन सक्छ।

किनभने इंग्ल्याण्डले घरेलु मैदानमा खेलिरहेको छ। लर्डस्मा सोमबार रातभर वर्षा हुने र मंगलबार बिहानैदेखि घना बदली भइराख्ने पूर्वानुमान गरिएको छ। दिउँसोको समयमा हावा हुरीसहित वर्षाको सम्भावना पनि भएकाले यस खेल ढिला हुनेछ। लर्डस्मा पछिल्लो ४ मध्ये ३ खेल पहिले ब्याटिङ गर्ने टिमले जितेको छ। त्यसैले टस महत्वपूर्ण हुन सक्छ।
 

कमेन्ट लोड गर्नुस