सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक अज्ञात समुहद्धारा नगरपालिकाको गाडीमा आगजनी

फाइल फोटो
फाइल फोटो । फोटो स्रोत ।
२०७६ असार १०, १०:४०

नवलपरासीमा एक अज्ञात समुहले नगरपालिकाको गाडीमा आगजनी गरेको छ। जिल्लाको कावासोती नगरपालिकाको गाडीमा सोमबार राति एक अज्ञाात समुहले आगजनी गरेको हो। कावासोती नगरपालिका उप–मेयर प्रेमशंकर मर्दनिया थारुको घर अगाडि पार्किङ गरेर राखिएको लु १ झ ३२१ नम्बरको स्कर्पियो गाडिमा आगजनी भएको जनाइएको छ।

कावासोती नगरपालिका –१५ , बागखोरमा रहेको घर अगाडि राखिएको गाडीमा सोमबार राति साढे १ बजेको समयमा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले पेट्रोल छर्केर आगजनी गरेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आगजनीबाट गाडीको पछाडिको भागमा क्षति पुगेको छ भने, आगजनी गर्नेको खोजी भैरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस