सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल र मलेसिया सरकारको प्राविधिक समूहको बैठक एक महिनाभित्रै बस्ने

। फोटो स्रोत ।
२०७६ असार ९, ०३:४९

एक महिना भित्र नेपाल र मलेसिया सरकारको प्राविधिक बैठक बस्ने समझदारी भएको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले  विनियोजन विधेयक अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा शीर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएका प्रश्नको जवाफ दिदै एक महिनाभित्र प्राविधिक समुहको बैठक बस्ने र त्यही बेला बाँकी रहेका सबै कुराहरुलाई टुङ्गो लगाउने बताएका छन्।

उनले मलेसिया सरकारले स्वास्थ्य परीक्षण मापदण्ड पठाइसकेकाले अबको केही दिनभित्र नेपालमा स्वास्थ्य परीक्षण गर्ने मापदण्ड पुगेका संस्थाको छनौट प्रक्रिया टुंगो लाग्ने  बताए। विदेशबाट फर्किएका युवालाई ऋण दिने सन्दर्भमा १९ हजार प्रस्ताव छनौट गरी मन्त्रालयले सिफारिस गरेर पठाएको र केही बैंकले प्रक्रिया अघि बढाइसकेको बताउंदै उनले भने, सबै युवाहरुले ऋण प्राप्त गरी स्वरोजगारीमा लाग्ने आशा व्यक्त गर्दछु। 

कमेन्ट लोड गर्नुस