सुदूर नेपाललाई विश्वसँग जोड्दै

निलम्बित क्यानलाई आईसीसीले आउँदो जुलाइमा फुकुवा गर्ने

। फोटो स्रोत ।
२०७६ असार ८, ०६:२४

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले निलम्बनमा परेको नेपाल क्रिकेट काउन्सिल (क्यान) लाई फुकुवा गरिने भएको छ। अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आगामी जुलाइमा फुकुवा गर्ने दावी गरेको हो।

आइतबार आयोजित विशेष साक्षात्कारमा सदस्य सचिवका रुपमा आफ्नो चार वर्षे कार्यकालको प्रगति विवरणबारे जानकारी दिँदै विष्टले जुलाइमा बस्ने आईसीसीको बोर्ड बैठकले क्यानको निलम्बन फुकुवा गर्ने दावी गरेको हो। सोमबार कार्यकाल सकिँदै गरेका विष्टले यदि आफ्नो कार्यक्रम दोहोरिएको खण्डमा आईसीसीको हेडक्वार्टर मै पुगेर निलम्बन फुकुवाको पहल गर्ने पनि बताए। क्यानमा देखिएको विवाद लामो समयसम्म जारी रहेकोमा असन्तुष्टि व्यक्त गर्दै उनले अब पनि समाधान नभए सरकारसँग आग्रह गरेर नेपाल क्रिकेट बोर्ड गठनको प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिए।

साक्षात्कारमा सदस्य सचिव विष्टले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता निर्धारित समयमा नै गर्न नेपाल सक्षम रेहको दावी गर्दै विगतमा पटक पटक मिति सार्नुपर्ने बाध्यता आइपरे पनि अब भने आउँदो डिसेम्बर १ देखि प्रतियोगिता सुरु हुने विष्टको बताए। प्रतियोगिताको लागि आवश्यक सबै भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको पनि उनले बताए। डिसेम्बरमा पनि नेपालले यो प्रतियोगिता गर्न नसकेको खण्डमा आयोजनाको जिम्मेवारी नै गुमाउन सक्ने बताउंदै “संरचना निर्माण धमाधम भइरहेको बताए। 

कमेन्ट लोड गर्नुस