सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पनि मनसुन पुग्यो, दैनिक बदलीको सम्भावना

२०७६ असार ८, ०३:२९ खबर संवाददाता

पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन क्रमशः पश्चिम हुँदै सुदूरपश्चिम पुगेको छ। मनसुन सक्रिय भएसंगै अव दैनिक नै बदलीको सम्भावना रहेको छ। मनसुन सक्रिय भएसंगै अव केही दिन सम्म विभिन्न स्थानमा वर्षा गराउने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। पानी पर्दा खोलाको सतह बढ्ने र पहाडी भेगमा पहिरो जाने सम्भावना समेत रहेको मौसमविद् सुवाश रिमालले जानकारी दिए। 

मनसुन भित्रिएर पानी परेसँगै चर्को गर्मीबाट सर्वसाधारणले राहत महसुस गरेका छन्। गर्मी अझै कम हुन मनसुन अझै सक्रिय हुनुपर्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। आज धनगढीको तापक्रम पनि ह्वात्तै घटेको छ। हावापानी कार्यालय अत्तरियाका अनुसार दिउसो साढे २ बजेको मापन अनुसार धनगढीको तापक्रम ३० दशमलव २ डिग्री सेल्सियस रहेको छ। 
 

कमेन्ट लोड गर्नुस