सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वदेशमै उद्यम गर्नेहरुलाई सरकारले सम्मान गर्ने

। फोटो स्रोत ।
२०७६ असार ८, ०२:२९

सरकारले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गर्नेहरुलाई  यस वर्ष पनि सम्मान गर्ने भएको छ। राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका यस्ता उद्यमीलाई सम्मान तथा पुरस्कार प्रदान गरिने भएकाले आवेदन दिन भनेको छ।

त्यसको लागि विदेशमा काम गरी फर्केका उद्यमी सम्मान तथा पुरस्कार व्यवस्थापन कार्य्विधि २०७३ को अनुसूची २ अनुसारको स्वीकृत ढाँचामा १६ गतेभित्र आवेदन भरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रोजगार समन्वय तथा सूचना शाखामा पठाउनुपर्ने जनाइएको छ। उद्यमीहरुको योगदानको कदर र देशभित्रैको रोजगारीलाई प्रोत्साहन गर्न सरकारले उद्यमीहरुको लागि सम्मान तथा पुरस्कारको व्यवस्था गर्दैै आएको छ।
 

कमेन्ट लोड गर्नुस