सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप क्रिकेट : पाकिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा

। फोटो स्रोत ।
२०७६ असार ८, ११:४४

दक्षिण अफ्रिकाले १० टोली सम्मिलित विश्वकपको राउण्ड रोविन लिग चरणको आफ्नो सातौं खेलमा आइतबार पाकिस्तानसँग लर्डसमा प्रतिस्पर्धा गर्दैछ। यस खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजेदेखि सुरु हुनेछ। 

५ खेलबाट १ जितसहित १ अंक जोडेको पाकिस्तानको प्रदर्शन पनि यस विश्वकपमा अनिश्चित छ। पहिलो खेलमा वेष्ट इण्डिजसँग पराजित भए पनि दोस्रो खेलमा घरेलु टोली इंग्ल्याण्डलाई हराएर सनसनी मच्चाएको पाकिस्तानले त्यसपछिका २ खेलमा क्रमसः अष्ट्रेलिया र भारतविरुद्ध कमजोर प्रदर्शन गरेको छ।

भारतविरुद्ध ८९ रनले हारेको पछिल्लो खेलमा पाकिस्तान तीनै क्षेत्र (ब्याटिङ बलिङ र फिल्डिङ)मा कमजोर देखिएको थियो। सेमिफाइनलमा पुग्ने आशा कायमै राख्नका लागि पाकिस्तानका लागि पनि यो खेल गर या मरको अवस्थामा छ।

पाकिस्तानका मोहम्मद आमिरले विश्वकपमा अहिलेसम्म सानदार प्रदर्शन गरिरहेका छन्। पाकिस्तानी टिममा उनको छेउछाउको प्रदर्शन गर्ने एउटा खेलाडी पनि छैनन्। ठूला टोलीविरुद्धको खेलमा राम्रो नतिजा ल्याउनका लागि सबै क्षेत्रबाट सन्तुलित प्रदर्शन जरुरी हुन्छ।

दक्षिण अफ्रिकाको बलरहरुले विपक्षीलाई चुनौति दिए पनि ब्याट्सम्यानहरुले अहिलेसम्म आफूलाई प्रमाणित गर्न सकेका छैनन्। त्यसैले त उसले ६ खेलमा अफगानिस्तानबाहेक अन्य कुनै टोलीलाई हराउन सकेको छैन।

लर्डसको मैदानमा सन् २०१८ को जुलाईपछि पहिलोपल्ट एकदिवशीय खेल आयोजना हुँदैछ। आइतबार लण्डनमा आंशिक बदली हुने अनुमान गरिएको छ र सुख्खा पिचमा स्पिनरहरु प्रभावशाली हुनेछन्।
 

कमेन्ट लोड गर्नुस