सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एसओएस बालग्रामको ७० औं बार्षिकोत्सव मनाईयो

२०७६ असार ७, ०६:५८ खबर संवाददाता

कैलालीको गेटा स्थीत एसओएस वालग्रामको ७० औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाईएको छ। दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागीहरुले एसओएस बालग्रामको स्वामित्व सरकारले लिनुपर्ने बताएका छन्। कार्यक्रमका प्रमुख अतिथी समेत रहेका धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले एसओएस बालग्रामको स्वामित्व सरकारले लिनुपर्ने बताए।

प्रदेशका ८८ वटै स्थानीय तहले थोरै सहयोग गरेमा मात्रै पनि एसओएस वालग्राम संचालनमा समस्या नहुने उनको भनाई छ। गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह सावदले एओएस वालग्रामले टुहुरा वालबालिकाहरुलाई असल अभिभावकत्व दिएको बताए। एसओएस वालग्रामका निर्देशक पदम हमालले पनि संस्थाको स्वामित्व सरकारले लिनुपर्ने बताए। कार्यक्रममा बालबालिकाका क्षेत्रमा योगदान पु¥याउने बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको छ। 

दिनेश एफएम र दिनेश खवरका बाजुरा संवाददाता प्रकाश सिंहलाई पनि सम्मानित गरिएको छ। संवाददाता सिंहलाई असाहय वालवालिका र पछाडी परेका वर्गका बारेमा कलम चलाएको भन्दै सम्मानित गरिएको हो। यस्तै समाजसेवी हेमराज ओझा, कैलाली बालसंगठनका अध्यक्ष शेरसिंह खड्कालाई पनि सम्मान गरिएको छ। संस्थाले १ सय ४ जना टुहुरा वालबालिकाहरुलाई संरक्षण गरिरहेको छ। स्थानीय सरकारको सिफारिसका आधारमा आमा बुवा दुबै गुमाएका ५ बर्ष मुनीमा वालबालिकाहरुलाई एसओएसले संरक्षण गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस