सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्पताल परिसरमै डाक्टरको गाडीले किच्दा एक बालकको मृत्यु

। फोटो स्रोत ।
२०७६ असार ७, ०२:३५

पोखरामा अस्पतालको परिसरमै डाक्टरको गाडीले किच्दा एक बालकको मृत्यु भएको छ। पोखराको मणिपाल अस्पतालका डाक्टर विश्वदीपक तिमिल्सिनाको ग ३ च ४३६ नम्बरको गाडीले किच्दा ४ वर्षीय बालक संस्कार कँडेलको मृत्यु भएको हो।

अस्पतालमा रहेका आफन्त बिरामीलाई भेटेर फर्कने क्रममा बालकलाई अस्पताल परिसरको सडक छेउमा उभ्याएर बाबु पार्किङ्गमा राखेको मोटरसाइल लिन जाँदा बालकलाई गाडीले किचेको जनाइएको छ।

बालकको शव मणिपाल अस्पतालको इमर्जेन्सीमा राखिएको छ भने लापर्वाहीपूर्वक गाडी चलाएर बालकलाई ठक्कर दिएको आरोप लगाउँदै बालकका आफन्तले डाक्टरलाई तत्काल कारबाही गर्न माग गरेका छन्। गाडी भने डक्टर आफैले चलाएका प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस