सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई तिहाई बहुमतको दम्भ नदेखाउ : डा. भट्टराई

। फोटो स्रोत ।
२०७६ असार ६, ०४:२४

नयाशक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले सरकारलाई दुई तिहाई बहुमतको दम्भ नदेखाउन सुझाव दिएका छन्। शुत्रबार प्रतिनिधिसभाको बैठकमा पूर्व उनले सरकारका राम्रा र नराम्रा कामका आधारमा जनमत बन्ने भएकाले अहिले पाएको मतादेश दिगो हुने तर्फ सचेत बन्न आग्रह गरे।

सरकारका पछिल्ला कदमले सरकार केन्द्रिकरणतर्फ जान लागेको संकेत दिएको टिप्पणी गर्दै गुठी विधेयकको विरोधमा राजधानीमा भएको प्रदर्शनलाई सांकेतिक ढंगले बुझेर संविधानविपरीत ल्याइएका मानवअधिकार आयोग, मिडिया काउन्सिल, सुरक्षा परिषद् लगायतविधेयकहरु तुरुन्तै खारेज गर्न उनले माग गरे।

स्थानीय तहको बजेटमा भएको कटौतीले संघीय सरकार र प्रदेश सरकारबीच तालमेल नभएको बताए। गत वर्ष प्रदेश र स्थानीय तहका लागि २३ प्रतिशत बजेट गएको तर अहिले २० प्रतिशतमा झरेको जानकारी दिंदै उनले ४७ दशमलव ६ प्रतिशत बहुआयामिक गरिबी भएको प्रदेश नम्बर २ मा जम्मा १५ प्रतिशत मात्रै बजेट जानु न्यायपूर्ण नहुन बताए।

सामाजिक सुरक्षाको क्षेत्रमा बजेट र योजना पर्याप्त नभएकाले एकीकृत सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने भन्दै सांसदको हुर्मत लिने र मान मर्दन गर्ने गरी ल्यापटप बाँड्ने काम नगर्न सभामुखको ध्यानाकर्षण समेत गराए।

कमेन्ट लोड गर्नुस