सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको हिमाञ्चल प्रदेशमा बस दुर्घटना : ४४ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ असार ६, ०४:१७

भारतको उत्तरी क्षेत्र हिमाञ्चल प्रदेशमा बस दुर्घटना हुंदा करिब ४४ जनाको मृत्यु भएको छ। हिमाञ्चल प्रदेशको कुल्लु जिल्लामा बिहीबार करिब ६० जना सवार रहेको बस खोँचमा खस्दा अन्य कैयौँ घाइते भएका छन्। साँघुरो र घुमाउरो मोडमा बस पल्टिएर गहिरो खोँचमा खसेको अधिकारीले बताएका छन्। पीडितमध्ये धेरै महिला तथा बालबालिका रहेका छन्। उनीहरु विद्यालय र कामबाट फर्किरहेको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस