सुदूर नेपाललाई विश्वसँग जोड्दै

धादिङ जीप दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या ५ पुग्यो

२०७६ असार ६, ०३:३०

धादिङमा जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ५ पुगेको छ। शुक्रबार जिल्लाको गल्छी गाउँपालिका वडा नम्बर ६, बाझगाउँमा यात्रु बोकेको बा १८ च ९४०८ जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचार गर्न लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा गल्छी गाउँपालिका ४ की २१ वर्षीया सबिता अधिकारी, सोही ठाउंका ३८ वर्षीय राजु रम्तेल, ३२ वर्षीय सेते मिजार, वडा नम्बर ६ की ३० वर्षीया कान्छी भुजेल र २५ वर्षीया नानु तामाङको रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घाइतेहरुको उपचारका लागि काठमाण्डौं ट्रमा सेन्टरमा पठाइएको छ। कच्ची बोटो र ओभरलोडले दुर्घटना भएको जनाइएको छ। 
 

कमेन्ट लोड गर्नुस