सुदूर नेपाललाई विश्वसँग जोड्दै

धादिङमा जीप दुर्घटना (अपडेट) : ४ जनाको मृत्यु १० घाइते

२०७६ असार ६, ०२:५२

धादिङमा जिप दुर्घटना हुंदा ४ जनको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। धादिङको गल्छी गाउँपालिका वडा नं ६ बाँझगाउँमा बोलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए। उनका अनुसार शुक्रबार गल्छी गाउंपालिका सिरुवारीबाट बैरेनीतर्फ जाँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परि मृत्यु हुनेमा गल्छी गाउँपालिका वडा नम्बर ४ का ३८ वर्षीय राजु रम्तेल, ३२ वर्षीय सेते मिजार, वडा नम्बर ६ की ३० वर्षीया कान्छी भुजेल र २५ वर्षीया नानु तामाङ रहेका छन्। ओभरलोडका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। दुुर्घटनामा घाइते भएका १० जनालाई बैरेनी स्वाथ्यचौकीमा उपचारपछि थप उपचारका लागि काठमाण्डौ ट्रमा सेन्टरमा  पठाइएको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस