सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरी र विप्लवका कार्यकर्ताबीच भिडन्त, जिल्ला इञ्चार्ज मारिए

। फोटो स्रोत ।
२०७६ असार ५, ०४:२३

सर्लाहीमा प्रहरी र विप्लव समुहबीच भिडन्त हुंदा विप्लव समुहका जिल्ला इञ्चार्ज मारीएका छन। जिल्लाको लालबन्दीमा प्रहरीसँगको भिडन्तमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका हुन्।

नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोख्रेलका अनुसार लालबन्दी नगरपालिका–१, लखनदेवी जंगलबाट २ वटा मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका ४ जनाले प्रहरीमाथी गोली चलाएको र जवाफी कारबाहीमा सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको हो भने अन्य ३  जना भने भागेका छन्। 

मृतक पौडलको साथबाट प्रहरीलाई गोली हानिएको सिक्स एमएमको रिभल्भर बरामद भएको छ भने झोलामा थ्री नट थ्री राइफल, गोली, कटुवा पेस्तोल पनि भेटिएको उनले बताए। विप्लवका कार्यकर्ताले प्रयोग गरेको ना २२ प ६४ निलो रंगको १५० सीसीको पल्सर र अनटेस्ट एफजेड मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ। थप प्रहरी परिचालन गरेर भागेका ३ जनाको खोजी भैरहेको छ प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस