सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्यार्थी बोकेको अटो रिक्सा दुर्घटना हुंदा ५ जना घाइते

फाईल फोटो
फाईल फोटो । फोटो स्रोत ।
२०७६ असार ५, ०३:३२

ओखलढुङ्गामा विद्यार्थी बोकेको अटोरिक्सा दुर्घटना हुंदा ५ जना घाइते भएका छन्। जिल्लाको सिद्धिचरण नगरपालिका–४, रुम्जाटारबाट विद्यार्थी बोकेर सदरमुकाम ओखलढुंगातर्फ जांदै गरेको को २ ह ४९०० नम्बरको अटो दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन सदरमुकाम गएका रुम्जाटार माध्यमिक विद्यालयका विद्यार्थी बोकेको अटो सिद्धिचरण नगरपालिका–५ स्थित माथिल्लो ढुंग्रेमा भीरबाट खसेर दुर्घटना भएको हो। 

तीव्र गतिमा रहेको को २ ह ४९०० नम्बरको अटो सडकबाट चिप्लिएर १ सय मिटर तल खसेको थियो। अत्याधिक गतिमा रहेको अटो चिप्लिएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। अटोमा सवार ५ जना विद्यार्थीहरुध्ये तीन जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। 

गम्भीर घाइतेहरुको टाउकोमा गम्भीर चोट लागेको छ, भने सामान्य घाइतेको खुट्टाका हड्डी भाँचिएको छ।  ओखलढुंगास्थित सामुदायिक अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ। प्राथमिक उपचारपछि घाइतेहरुलाई हेलिकप्टरबाट काठमाण्ठौ पठाउने तयारी गरिएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस