सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल र मलेसियाबीच श्रम समझदारी कार्यान्वयनबारे छलफल

२०७६ असार ५, ०२:०३

नेपाल र मलेसियाबीच भएको श्रम समझदारी कार्यान्वयनबारे छलफल भएको छ। उक्त समझदारी कार्यान्वयनबारे दुवै देशका प्रतिनिधिबीच छलफल भएको हो। सरकारले मलेसियामा कामदार पठाउन रोक लगाएको एक वर्षभन्दा बढी भैसकेको छ।

अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)को शतवार्षिकी सभामा सहभागी हुन जेनेभा पुगेका मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनसँग भएको छलफलमा एक महिनाभित्र प्राविधिक टोलीको बैठक गर्ने सहमति भएको छ। मलेसियन मन्त्रीसँगको छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिब महेशप्रसाद दाहाल र सहसचिव रामप्रसाद घिमिरे सहभागी रहेका थिए।

श्रम समझदारी कार्यान्वयनको लागि बाँकी रहेका प्रक्रियागत विषयलाई छिट्टै टुंग्याउने गरी छलफल भएको घिमिरेले जानकारी दिए। पहिलो प्राविधिक टोलीले कामदार लैजानेबारे ढाँचा तयार पारे पनि अरु प्रक्रियागत विषय टुंगो लाग्न बाँकी छ। गत कात्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम समझदारी भए पनि कार्यान्वयनमा आउन सकेको छैन।

 

कमेन्ट लोड गर्नुस