सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली जीप दुर्घटना (अपडेट) : गाउंपालिकाले गर्यो १० दिन बिदा दिने निर्णय

। फोटो स्रोत ।
२०७६ असार ५, १२:१७

कर्णालीमा जीप दुर्घटनाको शोकमा १० दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार कर्णाली नदीमा खसेर जीप दुर्घटना हुंदा हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही सहितका सवार सबै यात्रु बेपत्ता भएपछि शोकमा खार्पुनाथ गाउँपालिकाले असार १५ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

दुर्घटनामा बेपत्ता भएको यात्रु र जीपको कुनै पत्ता नलागेपछि बुधबार अपरान्ह बसेको खार्पुनाथ गाउँपालिकाको कार्यपालिकाको आकस्मिक बैठकले उक्त निर्णय गरेको गाउंपालिकाका अध्यक्ष कर्ण रावलले जानकारी दिए। एक विज्ञप्ती जारी गर्दै कार्यपालिकाको बैठकले असार १५ सम्म पालिकाले कुनैपनि औपचारिक कार्यक्रम नगर्ने अध्यक्ष रावलले जानकारी दिए। उनका अनुसार असार १५ गतेसम्म पालिकाभित्र रहेका सरकारी, गैरसरकारी कार्यालय र विद्यालय बिदा दिने निर्णय गरिएको हो। 

मंगलबार हुम्लाको खार्पुबाट खार्पुनाथ गाउँपालिकाक लागि छुटेको लु १ ज ७१६६ नम्बरको जीप  बालु बिसौनी कैल्याभावालु क्षेत्रमा कर्णाली नदीमा खसेको थियो। 

यस्तै जीप र बेपत्ता भएका हरुको अझै केहि पत्ता लागेको छैन। काठमाण्डौंबाट खोजीकार्यका लागि गोताखोर टोली गएको छ। 

कमेन्ट लोड गर्नुस