सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रविधिको प्रयोगबाट मुलुकलाई समृद्ध बनाउछौं : प्रधानमन्त्री ओली

२०७६ असार ४, ०४:०४

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोगबाट मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार लागि परेको भन्दै यस अभियानमा सबैको साथ र सहयोग जरुरी रहेको बतएका छन्। बुधबार कलंकीस्थित मालपोत कार्यालयलाई ‘नमूना मालपोत कार्यालय’ घोषणा गर्दै उनले २ वर्ष भित्र देशका सबै मालपोत कार्यालयहरुलाई प्रविधिमैत्री बनाउने बताए।

उनले मुलुकमा रहेको वन, जंगललगायतका स्रोतहरुलाई प्रविधिको प्रयोग गरेर विकास गरी एक करोड बढि पर्यटक भित्र्याउने सम्भावना रहेको दावी गरे। त्यसका लगि प्रविधिको प्रयोग गरेर विकासको प्रयासलाई अघि बढाउने सरकारको अभियानमा सबैले सहयोग बताउँदै उनले ‘नेपाल भ्रमण वर्ष (२०२०’ मा २० लाख पर्यटक भित्र्याउन प्रयास गरिरहेको उल्लेख गरे।  प्राकृतिक स्रोतहरुको विकास गरी सरकारले एक करोड बढि पर्यटक भित्रयाउन सक्ने सम्भावना रहेको समेत बताए। 

कमेन्ट लोड गर्नुस