सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कप महिला क्रिकेटः उद्धघाटन खेलमा सुदूरपश्चिम विजयी

२०७६ असार ४, ०३:४१ खबर संवाददाता

आजदेखि सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ। राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा महाकाली स्पोर्ट्स सोसाइटीको संयोजकत्वमा कञ्चनपुरमा आजदेखि सुरु भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ९ विकेटले पराजित गरेको हो। गण्डकी प्रदेशले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ५८ रन मात्र बनाउन सक्यो। गण्डकी प्रदेशका लागि शिला रेग्मीले अविजित रहदै सर्वाधिक १९ रन बनाउदा शुशिला गुरुङले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। बलिङतर्फ सुदूरपश्चिम प्रदेशका लागि कविता कुंवरले ३, लक्ष्मी साउद र जानकी भट्टले पनि २/२ विकेट लिईन्। 

५९ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको सुदूरपश्चिम प्रदेशले ७ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो। ब्याटिङतर्फ सुदुरपश्चिम प्रदेशका लागि कविता कुंवरले अविजित रहदै २१ रन बनाउँदा रेवती धामी र कविता जोशीले समान १२÷१२ रन बनाए। बलिङतर्फ गण्डकी प्रदेशका लागि मनिषा उपाध्यायले १ विकेट लिईन्। खेलको वुमन अफ दी म्याच सुदूरपश्चिम प्रदेशकी कविता कुँवर घोषित भईन्। यसअघि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको चौथो सस्करणको उद्धघाटन सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गरेका थिए। 
 

कमेन्ट लोड गर्नुस