सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा खानेपानीको चरम अभाव

२०७६ असार ४, ०३:१५

भारतमा खानेपानीको चरम अभाव भएको छ। भारतको चेन्नईमा पानीको स्रोत सुक्दै गएपछि चेन्नइका सब इलाकाहरुमा खानेपानीको चरम अभाव देखिएको छ। पानीको अभाव देखिएसँगै चेन्नइ शहरले पानीको नयाँ स्रोत खोज्दैछ भने भएका पानीको स्रोतलाई गहिरो बनाउने काम गरिरहेको छ। जमिनमुनिबाट पानी निकाल्ने अर्थात् बोरवेल खन्ने कामलाई पनि तीव्रता दिरहेको छ।

चेन्नईको जल विभागले १५० लाख लिटर पानी विरानम तालबाट निकाल्न खोज्दैछ, जुन तमिलनाडुको ठूलो पानीको स्रोत हो। चेन्नईको जल विभागले बोरवेल खनेर नै धेरैभन्दा धेरै पानी निकाल्ने फैसला गरेको छ। चेन्नईको जल विभागका अधिकारीका अनुसार, अब वर्षाले मात्र चेन्नईलाई जोगाउन सक्छ । सरकारले भने केही पानीको स्रोत खोज्ने कोसिस गरिरहेको छ।

पानीको अभावकै कारण चेन्नईका कैंयौ होटल र रेष्टुरेन्ट बन्द भएका छन्। पानीको अभावका कारण आफ्ना कर्मचारीहरुलाई घरबाटै बसेर काम गर्न भनेका छन केही सञ्चार प्रविधि कम्पनीहरुले जनाएका छन्।

 

कमेन्ट लोड गर्नुस