सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली नदीमा जीप दुर्घटना : जीप र यात्रुको खोजी गर्न गोताखोर टोली हुम्ला जाँदै

२०७६ असार ४, १०:२३

मंगलबार कर्णाली नदीमा दुर्घटना भई वेपत्ता भएको जिप र यात्रुहरुको खोजीका लागि काठमाडौँबाट गोताखोर टोली भएको छ। मंगलबार हुम्लाको खार्पुबाट खार्पुनाथ गाउँपालिकाक लागि छुटेको लु १ ज ७१६६ को जीप  बालु बिसौनी कैल्याभावालु क्षेत्रमा कर्णाली नदीमा खसेको थियो।

कर्णाली नदीको पानी चिसो र बहाव बढी भएको कारण नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीको टोली उद्धार गर्न नसके पछि काठमाडौंबाट सो टोली जान लागेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए।

नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकोप्टर काठमाडौंबाट चितवन जिल्लाको कुरिनटारमा रहेको गोताखोरको टोलीलाई लिएर जान लागेको र  आवश्यक सामाग्री र उपकरणको अभावमा स्थानीय स्तरमा उद्धार गर्न नसकिए पछि थप उद्धारका लागि गोताखोरको टोली जान लागेको उनले बताए।

जीप सडकभन्दा २५ देखि ३० मिटर तल खसेको प्रहरीले जनाएको छ।  बुधबार बिहानसम्म केही पनि पत्ता नलागेको र जीपमा सवार गाउंपालिकाकी उपाध्यक्ष सहित १० जना बेपत्ता रहेको र अरुपनि हुन सक्ने प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस