सुदूर नेपाललाई विश्वसँग जोड्दै

नरसंहारको भिडियो अनलाइनमा राखेको भन्दै एक व्यक्तिलाई २१ महिना जेल

। फोटो स्रोत ।
२०७६ असार ४, ०७:४४

न्यूजिल्यान्डमा नरसंहारको भिडियो अनलाइनमा राखेको भन्दै एक व्यक्तिलाई २१ म्हिना जेल सजाय सुनाइएको छ।  न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित मस्जिदमा भएको नरसिंंहको भिडियो अनलाइनमा राखेको स्वीकार गरेका नवनाजीका चित्र एवं बिम्ब पोस्ट गर्ने ४४ वर्षीय फिलिप आप्र्सलाई जेल सजाय सुनाइएको हो। विवादास्पद एवं आपत्तिजनक सामग्री वितरण गरेको भन्दै उनलाई दोषी ठहर गरिएको छ।

क्राइस्टचर्चको जिल्ला अदालतका न्यायाधीश स्टेफेन ओ–ड्रिस्कोलले आर्पसमाथि सजाय सुनाएका हुन्। अदालतमा आप्र्सले अनलाइनमा भिडियो राखेकामा आफूलाई कुनै पश्चाताप नभएको बताएका थिए। क्राइस्टचर्चको मस्जिदमा भएको आक्रमणमा ५० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने केही घाइते भएका थिए। 
 

कमेन्ट लोड गर्नुस