सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर विद्यालय ‘धनगढी कप’ को उपाधी स्टेपिङ स्टोन स्कुललाई

२०७६ असार ३, ०६:४४ खबर संवाददाता

लिटल फ्लावर बोर्डिङ हाइस्कुल धनगढीको आयोजनामा फाप्ला क्रिकेट मैदानमा भएको ‘अन्तर विद्यालय टि–२० क्रिकेट प्रतियोगिता’ को उपाधी स्टेपिङ स्टोन इङ्लिस स्कुलले   जितेको छ। शारदा विद्या निकेतनलाइ ५ विकेटले पराजित गर्दै जितेको हो। टस जितेर सुरुमा ब्याटिङ गरेको शारदाले १७ दशमलव ४ ओभरमा अल आउट हुँदै ७० रन बनायो।

७१ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको स्टेपिङले १३ दशमलव १ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा ग¥यो। स्टेपिङका मनोज कुवर फाइनल खेलको प्लेयर अफ द म्याच घोषित भए। यस्तै प्लेयर अफ द सिरिज बिरेन्द्र ढुङ्गाना, बेस्ट ब्याट्सम्यान बिजय गुप्ता, बेस्ट बलर मनोज कुवर, राइजिङ प्लेयर मुकेस शाह घोषित भए। प्रतियोगितामा १६ विद्यालयहरुको सहभागीता रहेको थियो।

प्रतियोगिताको बिजेताले २५ हजार, उपबिजेताले १२ हजार ५ सयसंगै ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्। प्लेयर अफ द टुर्नामेन्टले २ हजार, बेस्ट ब्याट्सम्यान, बलर र राइजिङ प्लेयरले जनही एक÷एक हजारसंगै ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्। उक्त प्रतियोगिता ‘निस्ट कलेज लिटल फ्लावर प्रीमियर लिग–४’ को तयारी स्वरुप आयोजना भएको आयोजकले जनाएको छ। 
 
 

कमेन्ट लोड गर्नुस