सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णालीमा जीप खस्यो (अपडेट) : बेपत्ता मध्ये ८ जनाको नाम खुल्यो

२०७६ असार ३, ०४:५३

कर्णाली नदिमा बस खस्दा वेपत्ता भएका मध्ये ८ जनाको नाम खुलेको छ। हुम्लाको खार्पुनाथ ५ को यांचु कुनामा दुर्घटना भई सडकबाट २०० मिटर तल खसेर जीप कर्णालीमा बेपत्ता भएको हो।   

उक्त दुर्घटनामा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमाल, उनका भाई चन्द्र हमाल, गाडी चालक मणि शाही, नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह र गोकुल सुनार रहेको उनले प्रहरीले जनाएको छ।

यस्तै  खार्पुनाथ गाउँपालिका १ कि कौर कामी र उनका २ वर्षका छोरा समेत दुर्घटनामा बेपत्ता भएका छन्। दुर्घटनामा गाडीको वल्डिङ गर्न गएका एक जना मिस्त्री समेत परेका रहेको र उनको नाम भने खुल्न नसकेको प्रहरीले जनानएको छ।

खार्पुनाथ गाउंपालिकाबाट जिल्ल सदरमुकाम सिमकोटका लागि छुटेको लु १ ज ७१६६ नम्बरको जीप सोहि गाउँपालिका ५ को बेडबिसौना र कैलेवालुको खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। प्रहरीका अनुसार जीप कर्णाली नदीमा बेपत्ता भएको छ। हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जीपको खोजीकार्य भइरहेको र थप विवरण आउन बांकि रहेको जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस