सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसदमा कांग्रेसको अवरोधपछि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली

२०७६ असार ३, ०३:१३

प्रधानमन्त्री केपी शर्मा ओलीले आज ५ बजे पत्रकार सम्मेलन गर्ने भएका छन्। प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसको अवरोधका कारण संसदमा सम्बोधन गर्न नपाएपछि उनल मंगलबार अपरान्ह ५ बजे पत्रकार सम्मेलन राखिएको हो।

यसअघि मंगलबार प्रतिनिधि सभाको बैठकमा  सम्बोधन गर्न प्रधानमन्त्री ओली रोष्टममा पुगिसकेका बेला विपक्षी सांसदहरुले नाराबाजी गरेका थिए। प्रधानमन्त्री ओलीले कांग्रेसको अवरोधका कारण आफूले युरोप भ्रमण र गुठी विधेयक लगायत समसामयिक विषयमा सदनलाई जानकारी दिन नपाएको भन्दै दुःख व्यक्त समेत गरेका छन्।

कमेन्ट लोड गर्नुस