सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसद्धारा प्रतिनिधिसभा बैठक स्थगित

। फोटो स्रोत ।
२०७६ असार ३, १२:३७

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। मंगलबार ११ बजेका लागि बोलाइएको उक्त बैठमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी गरेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेका कारण बैठक स्थगित गरिएको हो। प्रमुख प्रतिपक्षी दलको नेतालाई पहिला बोल्न दिनुपर्ने माग गर्दै कांग्रेसका सांसदहरुले नारावाजी गरेका हुन्। नाराबाजीका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्न सकेनन्। बैठकलाई सम्बोधन गर्नका लागि रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलका सांसदहरुको नाराबाजीका कारण सम्बोधन गर्न पाएनन।

सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीको सम्बोधनपछि प्रमुख प्रतिपक्षी दलका नेतालाई बोल्नका लागि समय दिने आश्वासन दिए पनि कांग्रेस सांसदहरु बैठक कक्षको अगाडि पुगेर नाराबाजीमा उत्रिएका हुन्। सभामुख महराले पटक पटक बस्न आग्रह गर्दा पनि कांग्रेस सांसदहरुले नाराबाजी जारी राखेपछि बैठक स्थगित गरिएको हो। अर्को बैठक बुधबार बस्ने बताइएको छ।

कमेन्ट लोड गर्नुस