सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोपा अमेरिका : चिलीसँग जापान ४–० ले पराजित

२०७६ असार ३, ०९:११

कोपा अमेरिका अन्तर्गत मंगलबार भएको खेलमा चिली विजयी भएको छ। चिलीले जापानलाई ४–० ले पराजित गरेको छ। चिलिको जितमा इडुवार्डा भर्गासले दुई गोल गरे भने एलेक्सिस सान्चेज र इरिक पुल्गारले एक गोल गरे। खेलको ४१औं मिनेटमा पुल्गारले गोल गर्दै चिलीलाई अग्रता दिलाए। दोस्रो हाफमा चिलीले तीन गोल गरेको थियो। ५४औं मिनेटमा भर्गासले र ८२औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गरेपछि चिलिले ३–० को अग्रता लियो। ८३औं मिनेटमा भर्गासले ब्यक्तिगत दोस्रो गोल गर्दा चिलीले ४–० को जित निकाल्यो।

कमेन्ट लोड गर्नुस