सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधान सेनापति र चीनका राजदूतबिच भेटवार्ता

२०८१ असोज १३, ०६:५९ खबर संवाददाता

काठमाडौँः प्रधान सेनापति महारथी अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङबिच भेटवार्ता भएको छ। आइतबार दिउँसो जङ्गी अड्डामा उनीहरुबीच भेटवार्ता भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। यस किसिमको भेटघाटले दुई देशबिच रही आएको सम्बन्ध थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
 

कमेन्ट लोड गर्नुस