सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल कुनै देशको निर्देशनमा चल्ने देश होइन : जनार्दन शर्मा

। फोटो स्रोत ।
२०७६ असार २, ०४:३८

सत्तारुढ दलका सांसद जनार्दन शर्माले विश्वव्यापिकरण लगायतका नाममा सबै बजार छाडा छाड्ने काम भएको भन्दै अनुगमन, नियन्त्रण र नियमन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराउंदै अखाद्य वस्तु आयातमा रोक लगाउन माग गरेका छन्।  

सोमबार प्रतिनिधिसभाको बैठकमा उनले बजार नियन्त्रित अर्थतन्त्रको नाममा सबै बजारलाई छाडा छोड्ने काम भएको भन्दै सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका हुन्। विनियोजित विधेयक २०७६ माथिको छलफल बैठकमा सहभागी सांसद शर्माले  सञ्चार मन्त्रालयलाई नेपाल टेलिकमको सेवा गुणस्तरीय बनाउनु पर्ने भन्दै प्रविधिको नाममा ग्राहकलाई दुःख दिने काम बन्द गरेर विकल्प प्रविधि खोजी समस्या समाधान गर्न आग्रह गरे। फ्रिक्वेन्सी बाँडफाँडबारे समय समयमा चर्चा हुने गरेको भन्दै नेपाल टेलिकम जस्तै अर्को सरकारी संस्था बनाउन पनि सरकारलाई सुझाव दिए। 

विभिन्न देशका लागि नियुक्त गरिएका राजदूतले गर्ने काम, कर्तव्य र अधिकार तथा नियुक्तिको मापदण्डमा ध्यान र्पुयाउन सरकारको ध्यानाकर्षण गराउँदै  नेपालको लागि विभिन्न मुलुकका राजदूतहरुले नेपालको शान्ति प्रक्रियाका बारेमा बोल्दा पनि त्यसबारे परराष्ट्र मन्त्रालयले कुनै प्रतिक्रिया नजनाएको भन्दै उनले त्यसतर्फ पनि मन्त्रालयले ध्यान दिनुपर्ने बताए। नेपाल कुनै देशको निर्देशनमा नचल्ने भन्दै उनले विदेशी कुटनीतिज्ञहरुबाट हुने हस्तक्षेपकारी कार्य रोक्न पनि माग गरे।

कमेन्ट लोड गर्नुस