सुदूर नेपाललाई विश्वसँग जोड्दै

समाजवादको लक्ष्य प्राप्त गर्न जनताको जनवादी कार्यक्रमसहित अघि बढ्छौँ : प्रचण्ड

२०७६ असार २, ०४:२२

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादको लक्ष्य प्राप्त गर्न जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने बताएका छन्। सोमबार बिहान पार्टि कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने गरी तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण गरिएको बताउंदै शहीदहरूको सपनालाई साकार पार्ने लक्ष्यका साथ पार्टी अघि बढिरहेको पनि दाबी गरे।

उनले दुई पार्टीबीचको एकता सिद्धान्तहीन ढंगले नभएको भन्दै ‘जनताको जनवादी कार्यक्रमसहित जाने र देशलाई आर्थिक समृद्धि र विकासको नयाँ प्रगतितिर लैजाने बडो प्रष्ट लक्ष्यका साथ पार्टी एकता गरिएको बताए। दुई पार्टीबीचको एकताबाट ऐतिहासिक र असाधारण कामको सुरूआत भएको दोर्होयाउँदै निराश नहुन पनि पार्टीका नेता, कार्यकर्तालाई उनले आह्वान समेत गरे।
 

कमेन्ट लोड गर्नुस