सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा काठ तस्करी गर्ने सामुदायिक वनका पदाधिकारीले कर्मचारी कुटे

२०७६ असार २, ०३:३१ खबर संवाददाता

कञ्चनपुरमा अवैध रुपमा काटिएको काठ बरामद गर्न गएका वनका कर्मचारीमाथि कुटपिट गरिएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर १ को निगालीमा रहेको विशाल सामुदायिक वनबाट अवैध रुपमा काटिएको काठ तस्करी गर्ने क्रममा नियन्त्रणमा लिने क्रममा सव डिभिजन वन कार्यालय वाणीमा कार्यरत वन रक्षक जोखनलाल कडरियामाथि कुटपिट गरिएको हो।

उनलाई सामुदायिक वनको अनुगमन समिति संयोजक धन बहादुर ठकुल्ला र वन उपभोक्ता समितिका सह–सचिव रमेश बहादुर बुढा लगायतका वनका पदाधिकारीले कुटपिट गरेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ। डिभिजन वन कार्यालयका सूचना अधिकारी गोपाल जोशीले अवैध रुपमा काठ काटेर लैजादै गरेको भन्ने सूचनाका आधारमा वनमा पुगेका वन रक्षक कडरियामाथि अनुगमन समितिका संयोजक ठकुल्ला र सह सचिव बुढा लगायतकाले कुटपिट गरेको बताए।

कडरियाको अहिले महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ। तर वनका पदाधिकारीकै मिलेमतोमा तस्करी भइरहेको सात गोलिया काठ बरामद  भने वनका कर्मचारीले बरामद गरेका छन्। यता डिभिजन वन कार्यालय कञ्चनपुरले कुटपिटको घटनाप्रती ध्यानाकर्षण भएको जनाएको छ। डिभिजन वन कार्यालयले प्रेस विज्ञप्ती जारी गर्दै कर्तव्य पालनको सिलसिलामा खटिएका कर्मचारीमाथि कुटपिट गर्ने वनका पदाधिकारीलाई कानुनी कारवाहीको माग गरिएको छ। 

कमेन्ट लोड गर्नुस