सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उपलब्धिमूलक नभई पर्व र उत्साहको रुपमा मनाइयो :कांग्रेस सांसद विश्वकर्मा

। फोटो स्रोत ।
२०७६ असार २, ०१:५१

नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उपलब्धिमूलक नभई पर्व र उत्साहको रुपमा मनाइएको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा सोमबार विनियोजन विधेयकअन्तर्गतको छलफलमा सहभागी हुदै उनले औद्योगिक वातावरण निर्माण भन्दा कार्यकर्ता पोस्ने गरी बजेट विनियोजन भएको भएको बताउंदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गर्न गर्न प्रस्ताव पेस गरेका छन्। उनले आपूर्ति मन्त्रालयको खर्च घटाई १ रुपैयाँ कायम गर्न प्रस्ताव गरेका हुन।

चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सरकारले एक महिनामा मकै गोड्ने, झार उखेल्ने र गाई समाउने कामका लागि २ अर्ब ३७ करोड रुपैयाँ खर्च गरेको भन्दै उहाँले बजेटको दुरुपयोग रोक्न माग गरेका छन भने, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सहयोग गर्ने ठूला मन्त्रालयहरु मध्येको एक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि रहेको भन्दै औचित्यहीन खर्च घटाउन माग गरेका छन्।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आगामी आर्थिक वर्षमा सरकारले ५ लाख बेरोजगारहरुलाई रोजगार उपलब्ध गराउने भनेको छ, औद्योगिक लगानीको वातावरणको सिर्जना नभएको, खर्च बाँड्ने र रमाउने काम भएको, पर्यटनको नाममा नेता र कार्यकर्ता पिकनिक जाने काम भएको भन्दै खर्च कटौती गर्न माग समेत गरे।

आगामी वर्षका लागि मन्त्रालयगत विनियोजित बजेटमा निर्यातमा अनुदान दिनुपर्नेमा शीर्षक नै उल्लेख नभएको तथा खाद्यवस्तुको ढुवानीमा भ्याट लागेकाले खाद्यान्नको मूल्य बढेको भन्दै चालु खर्च अत्यन्तै बढी र औद्योगिक वातावरण सिर्जनाका लागि बजेट नछुटयाइएको तथा गैह्रवित्तीय क्षेत्रलाई अनुदान दिनेलगायत कामले अर्थतन्त्रलाई नोक्सान पुर्याउने बताए।

कमेन्ट लोड गर्नुस