सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसईई परीक्षाको नतिजा असार १४ गते सम्म सार्वजनिक गरिने

। फोटो स्रोत ।
२०७६ असार २, १२:००

एसईई परीक्षाको नतिजा  असार दोस्रो साताभित्र सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ।

गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिला हुने बोर्डले जनाएको छ।

बोर्डका परीक्षा उपनियन्त्रक चेतनाथ शर्माले  देशभरका उत्तरपुस्तिका परीक्षण सम्पन्न गरेर नम्बर इन्ट्रीको काम भइरहेकोले छिटोमा असार १० गते ढिलोमा असार १४ गतेसम्म नतिजा सार्वजनिक गर्नेगरी काम गरिरहेको बताए।

यस वर्ष गत चैत १० गतेबाट शुरु भएको एसईई परीक्षामा नियमिततर्फ चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन्।
 

कमेन्ट लोड गर्नुस